ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यका तीनै अंगका भवन प्रदर्शनकारीको नियन्त्रणमा


abc news

काठमाडौ २४ भदौ । राज्य सञ्चालन गर्ने प्रायस् सबै निकाय जेनजी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। त्यो पनि ४८ घण्टामै राज्यका मुख्य निकाय कब्जामा पुगेको छ।

मंगलबार प्रदर्शनकारीले काठमाडौँमा रहेको सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद् भवन नियन्त्रणमा लिएर आगाजनी गरे। त्यो दुवै स्थान उनीहरूले पूर्णरुपमा कब्जामा छ।

राज्यका मुख्य निकाय मध्येको एक न्यायपालिका ९सर्वोच्च अदालत०मा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। क्षति पुर्‍याएका छन्।

सोमबार सुरु भएको प्रदर्शनमा २० जना युवाको निधन भएपछि मंगलबार बिहानैदेखि आक्रोशित देखिएका युवाले सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताका निजी निवासमा आगजनी र तोडफोड गरेका थिए।

त्यसक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा आरजु राणा देउवामाथि गम्भीर आक्रमण भएको। देउवाको अवस्था गम्भीर छ।

त्यसपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरे र आगजनी गरे। त्यहाँबाट उनीहरू सिंहदरबारतर्फ अघि बढेका थिए। सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रवेश गरेर तोडफोड गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि प्रदर्शनकारीको आन्दोलन रोकिएको छैन। जबकि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले संयमतमा अपनाउन सार्वजनिक रुपमा आग्रह गरिसकेका छन्। तर, उनीहरू रोकिएका छैनन्। नेतामाथि आक्रमण भइरहेका सूचना आउन थालेका छन्।

प्रदर्शनकारीहरूले मिडिया हाउसमा पनि आक्रमण गरेका छन्। यो समाचार तयार पर्दासम्म प्रदर्शनकारीले शीतल निवास पनि जलाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com