ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै


admin
चैत्र २२, २०७४ बिहीबार  ८ : ५७ बजे

काठमाडौ, २२ चैत्र । दुई वर्षमा दोस्रो पटक भ्रमण गर्दैछन् प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री केपी ओलीको चैत २३ देखि २५ सम्म हुने भारत भ्रमण मितव्ययी भनिएपनि अन्ततः दलबलसहितको जम्बो टोली लिएर ओली भारत जादैछन् ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ९ सांसद र अन्य सरकारी अधिकारी रहने टुंगो लगाएको छ । प्रधानमन्त्री ओली दिल्लीमा राष्ट्रपतिको पाहुनाका रूपमा रहनेछन । राष्ट्रपति भवनमा उनीसहित अन्य १० पाहुना बस्ने छन् । अन्यका लागि ताजमान सिंह होटल तय गरिएको छ । ‘सरकारी खर्चमा जाने पाहुना ३५ सदस्यीय तय भएपनि अझै केही थप हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका व्यवसायी, उद्यमी र सञ्चारकर्मीको छुट्टै टोली भ्रमणमा रहनेछ । प्रधानमन्त्री ओली सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानमा शुक्रबार बिहान प्रस्थान गर्नेछन् । शुक्रबारै ओलीले व्यापारिक समुदायस“ग छलफल गर्नेछन् । नेपाली समुदायस“ग पनि सोही दिन अन्तरक्रिया गर्ने कार्यक्रम ओलीको छ । शुक्रबारै बाह्रखम्बास्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत भरतराज रेग्मीले आयोजना गर्ने रिसेप्सनमा ओली सहभागी हुनेछन । रिसेप्सनमा भारतका राजनीतिज्ञ, पूर्वराजदूतहरू, भारतीय व्यापारी तथा अन्य अधिकारी रहने छन । शनिबार प्रधानमन्त्री ओलीको महत्वपूर्ण दिन रहनेछ । ओलीले भारतीय प्रधानमन्त्री मोदीस“ग भेटवार्ता गर्नेछन । वान टु वान र प्रतिनिधि टोलीस“ग भेटवार्ताको समय तय भएको छ ।

दुईपक्षीय सम्झौता तथा प्रतिबद्धता शनिवार नै भेट पछि हुने छन् । भारतीय पक्षबाट सोही दिन कुनै सहयोग घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास र उद्घाटनको ‘स्विच अन’ पनि त्यसै दिन हुनेछ । रेलमार्गमा भारतले चासो देखाएको छ भने जलमार्गसम्म पह“ुचको सहजतामा नेपालले जोड दिनेछ । शनिबारै ओली महात्मा गान्धीको समाधिस्थल पुग्नेछन । उनलाई भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज र राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् । उनी फर्कने दिन आइतबार उत्तराखण्ड पुग्नेछन । विशेष विमानमा उत्तराखण्ड गएर त्यहा“को अवलोकनपछि दिल्ली फर्केर दिल्लीबाट अपराह्न्न नेपाल फर्कने प्रधानमन्त्रीको कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणलाई ‘विकास लक्ष्यसहितको सद्भावना भ्रमण’ भनेका छन । भ्रमणका क्रममा कृषि अनुसन्धान, उत्पादकत्व वृद्धि र कृषि क्षेत्रका लागि आवश्यक जनशक्ति विकासलगायतका विषयमाथि छलफल हुनेछ । यसमा भारत सरकारका तर्फबाट केही प्रतिबद्धता घोषणा हुने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । यस्तै, उत्तरखण्डको डा। गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले ओलीलाई डक्टर अफ लेटर्स ९डिलिट० उपाधि प्रदान गर्नेछ ।
ओलीले आफ्नो भ्रमणलाई फलदायी बनाउन भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुस“ग परामर्श गरेका छन् । पूर्वप्रधानमन्त्रीहरुले मुलुकमा दुगामी असर नपर्ने खालका सहमति र सम्झौता गर्न पुर्व प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । नेपाल भारत प्रवुद्ध समुहका सदस्य एवं एमाले नेता डाक्टर राजन भटट््राईले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखी बिभिन्न विषयमा सम्झौता गर्न पूर्वपूधानमन्त्रीहरुबाट सुझाव आएको बताए । विगतमा भएका सहमतिको कार्यान्वयन गर्न र गराउन पनि बैठकमा प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीस“गको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्र बहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने सहभागी भएनन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह ९ईपीजी० सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com