काठमाडौँ, ९ भदौ । हाल गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान र कर्णालीका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिमको पहाडी र तराईका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र तराईका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमको तराईमा हावाहुरीको पनि सम्भावना छ ।
राति वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा देशका बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।








प्रतिक्रिया दिनुहोस्