ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका निम्ति खटाइयो टोली


abc news

काठमाडौं, ७ भदौ । पर्साको वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रणका निम्ति प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपीनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसनिम्ति प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।यस्तै, मधेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका निम्ति मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको उनले उल्लेख गरेका छन् । वीरगन्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उनले बताएका छन् । वीरगन्जमा शुक्रबार (भदौ ६) तीनजनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com