ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिरो चाउचाउ अर्थात ‘मन्द बिष’ ‘पायल्सदेखि क्यान्सरसम्म’को जोखिम


abc news

काठमाडौं । पछिल्लो पुस्ताका नेपालीहरुमा ‘जब भोक लाग्छ तब ‘चाउचाउ’ खाने बानी छ । चाउचाउ त्यस्तो परिकार हो जसले भोक मेटाउँछ र जिब्रोलाई लोभ्याउँछ । तर, बजारमा भेटिने यस्ता खाध्य पदार्थले मानव जीवनको स्वास्थ्यमा भने गम्भिर आसर पुर्याइरहेको हुन्छ ।
बालबच्चादेखि युवायुवतीसम्मलाई यो चाउचाउले आकर्षित गरिरहेको देखिन्छ । चाउचाउलाई कसरी पिरो बनाइन्छ ? खुर्सानी नै हुन्छ कि अरु केही मिसाइन्छ ? अधिकांश उपभोक्तालाई यसको हेक्का नहुन सक्छ । यस्तो चाउचाउ उपभोग गर्दा पेटमा कुनै हानि गर्छ कि गर्दैन ? अस्पतालमा ग्यास्ट्रिकको समस्या लिएर आउने १५ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले दैनिकजसो पिरो चाउचाउ खाने गरेको पाइएको छ । । द जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अनुसन्धान अनुसार चाउचाउको अत्यधिक सेवनले हृदयघात, मधुमेह र स्ट्रोक जस्ता समस्या निम्त्याउन सक्छ । अनुसन्धानकर्ताले चाउचाउको खपतलाई कार्डियोमेटाबोलिक सिन्ड्रोम भनिने अवस्थासँग जोडेका छन्, जसमा हृदय र मेटाबोलिक समस्याको बढ्दो जोखिम हुन्छ । पिरो चाउचाउमा अतिरिक्त मसलालाई पिरो बनाउन त्यसमा खुर्सानीको धुलोको साथै ‘ओलियोरेजिन’ एसेन्सियल ओएल मिसाइन्छ । जसले खुर्सानीमा भएको पिरो तत्त्वलाई टिकाइराख्न भूमिका खेल्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउछन् । ‘पिरो चाउचाउमा प्रयोग भएको पिरो खुर्सानीको नै हो । तर चाउचाउ कम्पनीले भने जस्तो अकबरे मात्र नभएर अन्य खुर्सानी र फ्लेभर पनि मिसाइएको हुन सक्छ,’ उनी भन्छन् । यस्तै चाउचाउमा स्वाद बढाउन ‘मोनोसोडियम ग्लुटामेट’ प्रयोग गरिएको हुन्छ । चाउचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन निकै कम हुन्छ । मैदाबाट बनेको हुनाले त्यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसमा अतिरिक्त पिरो पनि मिसाउँदा स्वास्थ्यमा झन् बढी असर असर पुर्‍याउने र पेटसम्बन्धी विभिन्न समस्या निम्त्याउने रायमाझी बताउँछन् ।
‘हामीले खाएको खानेकुरा पचाउनका लागि पाचनप्रणालीले विभिन्न हर्मोन उत्पादन गर्छ । पिरो खाना पचाउन पनि हाम्रो पाचनप्रणालीले केही हर्मोन उत्पादन गर्छ,’ रायमाझी भन्छन्, ‘तर अत्यधिक पिरो सेवन गर्दा त्यसलाई पचाउन पाचनप्रणालीलाई पनि गाह्रो हुन्छ । जसले गर्दा पेट पोल्ने, पायल्स जस्ता समस्या देखा पर्छन् ।’ पिरो चाउचाउको सेवन, स्वास्थ्यलाई हानि खासमा त चाउचाउलाई खासै स्वस्थकर खानेकुरा मानिंदैन । यसले पेटमा नकारात्मक असर पुर्‍याउँछ । चाउचाउ जंकफुड हो, जसमा ‘मोनोसोडियम ग्लुटामेट’ हुन्छ । मोनोसोडियम ग्लुटामेटको प्रयोग स्वाद बढाउने पदार्थको रूपमा गरिन्छ । जसले सम्पूर्ण पाचनप्रणालीलाई नै बिगार्छ । पिरो चाउचाउको सेवन गर्दा पेटमा एसिड बढी निस्कन्छ र ग्यास्ट्रिकको समस्या हुने, आन्द्रामा घाउ हुने, कब्जियत हुने जस्ता समस्या देखिने गरेको छ । बजारमा चमकदार विज्ञापनमार्फत उपभोक्तालाई सकेसम्म बढि पिरो चाउचाउ खुवाउने प्रतिष्पर्धा गरिरहेको भान हुन्छ । तर, यसरी पिरो चाउचाउ खुवाउनु उपभोक्ताको जीवनमाथिको ठूलो खेलबाड हो । यसले उपभोक्ता अस्पताल पुग्ने र मालिकहरु भने अर्बपति हुने अवस्था आइरहेको देखाउँछ । पिरोको नाममा अखाध्य वस्तु प्रयोग गरिरहेको चाउचाउ उत्पादन कम्पनिमाथि आरोप छ । फाइबर रहित मैदाबाट बन्ने चाउचाउमा मानवस्वास्थ्यलाई हानी हुने गम्भिर प्रकृतिका रसायन मिसिएका हुन्छन् । पिरो मसलासँग मिसाएर खाँदा उपभोक्ताहरु विरामी मात्रै परेका छैनन् कतिपयलाई दिर्घकालिन रोग समेत लागेको छ । तर, ‘मन्द बिष’ जस्तो यस्ता चाउचाउबारे कमै प्रश्नहरु उठ्ने गरेको छ । ‘पिरो चाउचाउलाई खाजा र खानाको रुपमा खाइरहेका व्यक्तिहरुमा गम्भीर खालका स्वास्थ्य समस्याहरु देखिन थालेको छ । एक हिसाबले भन्ने हो भने पिरो चाउचाउको रुपमा उपभोक्ताहरुले विष खाइरहेका छन् भन्दा उपयुक्त हुन्छ,’ जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीले पिरो चाउचाउमा प्रयोग हुने फाइबर रहित मैदा, मोनोसोडियम ग्लुटामेट (अजिनोमोटो), रसायन मिश्रित पिरो धुलो र फूड कलरले मानिसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँले बताईन । उनका अनुसार पिरो चाउचाउका कारण नेपालीहरुमा पाचन प्रणाली बिग्रने, पेट पोल्ने, कब्जियत हुने, पायल्स हुने जस्ता स्वास्थ्य समस्या देखिएका छन् । उनका अनुसार पिरो चाउचाउ खराब खानेकुरा भित्र पर्दछ । जसले मानव शरिरलाई सबैभन्दा बढी असर गर्छ । चाउचाउ उत्पादक कम्पनिहरुले उपभोक्तालाई लत बसाउनकै लागि मोनोसोडियम ग्लाटामेट प्रयोग गरेको उप्रेतीको दाबी छ । जसले आम मानिसमा पिरो चाउचाउको बानी ‘लत’ बसेको हुन्छ । तर, आम मानिसहरुलाई आफ्नो पेटमा त्यही रसायनका कारण समस्या भएको थाहा हुँदैन । त्यसैले नेपालीहरुमा ग्याष्ट्रिक आम साझा रोग जस्तो बनेको छ । डा. उप्रेतीका अनुसार पिरो चाउचाउले गर्भवती महिला र बालबालीकाको स्वास्थ्यमा गम्भिर हानिकारण गर्दछ । बालबालीकाहरुमा त कुपोषणको सम्भावना समेत हुन्छ । कुनैपनि इन्स्ट्यान्ट चाउचाउमा प्राणघातक बिसफेनोल (बिपिए) प्रयोग भएको हुन्छ । विशेषरी यो प्याकेजिङका लागि प्रयोग गरिन्छ । यदि तपाईं नियमित यस्ता चाउचाउ खानुहुन्छ भने तपाईंलाई क्यान्सरको जोखिम हुने गर्दछ भनेर भारतीय एक संचार माध्यमले लेखेको छ । विशेषगरी मानव शरिरको पाचन प्रणालीमा असर गर्ने र आन्द्रामा क्यान्सर हुने विज्ञहरुको भनाई छ । यदि महिलाले हप्तामा दुई पटक चाउचाउ खान्छिन् भने उनलाई ६८ प्रतिशत पेटको क्यान्सर हुने खतरा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com