ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ: अध्यक्ष प्रचण्ड


abc news
श्रावण ३०, २०८२ शुक्रबार  ११ : ४२ बजे

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए ।

भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’
भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो ।

यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निस्शुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । हाल नेपालको धनकुटालाई एभोकाडोको राजधानी भनेर चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com