ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर आज भारी वर्षाको सम्भावना, केही स्थानमा धेरै भारी


abc news
श्रावण २८, २०८२ बुधबार  ६ : ३९ बजे

काठमाडौं, २८ साउन । देशभर आज पूर्णतया बदलीको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशको पहाडी भूभागमा पूर्णतया बदली रहने छ । बाँकी भूभागमा साधारणतया बदलीको सम्भावना छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थान, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मशाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com