काठमाडौ २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको भन्सार महसुल थप २५ प्रतिशतले वृद्धि गरेका छन्। रुसी तेल खरिद गरेको भन्दै सजायस्वरुप उनले यो शुल्क थप गरेका हुन्।
यसअघि जुलाई ३१ मा ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल घोषणा गरेका थिए। त्यसबेला उनले रुसी तेल खरिद गरेका कारण भारतमाथि सजाय थप गर्ने बताएका थिए। यससँगै भारतमाथि अमेरिकी महसुल ५० प्रतिशत पुगेको छ।
‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित भएको ठहर गर्दछु,’ ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै भनेका छन्।
आफ्ना विशेष दूत स्टिभ विट्कोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेलगत्तै ट्रम्पले उक्त आदेश जारी गरेका हुन्। यसले भारतसँग उनको सम्बन्धलाई झनै तनावपूर्ण बनाउने देखिएको छ। एजेन्सी







प्रतिक्रिया दिनुहोस्