काठमाडौ २० साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कक्षा १२ को परीक्षाफल प्रकाशित हु्ँदा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाइ दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालबाट उत्तीर्ण विद्यार्थीलाई बधाइ दिनुभएको हो । उहाँले अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरुप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरका ढोका खोल्ने विश्वासमेत व्यक्त गर्नुभएको छ ।
उहाँले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरुलाई पनिसान्त्वना व्यक्त गर्नुभएको छ । ‘असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर’, उहाँले भन्नुभएको छ, ‘अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उतकृष्ट नतिजा हासिल गर्न सकिन्छ ।’







प्रतिक्रिया दिनुहोस्