ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय डीडीए प्रतिवेदनका आधारमा गर्छौं- उद्योगमन्त्री


abc news

काठमाडौ २० साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डीडीए अध्ययन प्रतिवेदनको आधारमा दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालन गर्नेरनगर्ने निर्णय हुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि सञ्चालनका सम्बन्धमा गरेको प्रश्नमा मन्त्री भण्डारीले यस्तो जवाफ दिएका हुन्।

नेपाल ओरेन्ट म्याग्नेसाइट प्रालि लगायतका प्रतिष्ठानहरूको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्नको लागी मन्त्रालयले विभिन्न मितिमा अध्ययनक कार्यदल गठन गरेको बताए। उक्त कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक कारबाही अगाडी बढाउने उनको भनाइ छ।

मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले सोही बमोजिम अर्थ मन्त्रालयबाट डीडीए गर्न अध्ययन टोली गठन गरिएको जानकारी दिए। डीडीए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी उद्योग सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ।

उनले भने, ‘मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकबाट नेपाल ओरेन्ट म्याग्नेसाईट प्रा।लि। लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय भए बमोजिम अर्थमन्त्रालयबाट डिडिए गर्न अध्ययन टोली गठन गर्ने कार्य अघि बढाईएको छ। डीडीए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी सञ्चालन गर्ने योजना गरेको छ।’

उनले रुग्ण प्रतिष्ठानहरुमा भएको सरकारी लगानी व्यवस्थापन गर्नको लागि मन्त्रालयले २०८० माघ २५ गते अर्थम न्त्रालय मार्फत सरकारी लगानी समितिलाई पत्राचार गरिसकेको समेत जानकारी दिए।

मन्त्रालयले विभिन्न मितिमा बन्द अवस्थामा रहेका प्रतिष्ठानहरुको पुनःसञ्चालन सम्बन्धी प्रस्तुतीकरण सहितको छलफल पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com