ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल


abc news

काठमाडौ १७ साउन । नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच छलफल भएको हो ।

बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन र व्यापार प्रवर्द्धन, सूचना आदान–प्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि कुराकानी भएको छ ।

बैठकमा अनलाइन भिसा प्रणाली, नेपाली सामग्रीहरूको निर्यात, तथा मानसरोवर गन्तव्यमा जाने तिर्थयात्रुहरूका लागि साझा बस पुनः सञ्चालन गर्नेसम्बन्धी विषय पनि उठाइएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सीडीओ किरण थापाका अनुसार, मानसरोवर जाने भारतीय तिर्थयात्रुहरूको संख्यामा वृद्धि भएकोप्रति चिनियाँ पक्षले चासो व्यक्त गरेको थियो । त्यसअनुसार, सुरक्षा व्यवस्थापनमा सहकार्य गर्न सहमति जुटाइएको सीडीओ थापाले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षासम्बन्धी अपराध नियन्त्रण, आयात(निर्यात व्यवस्थापन, तथा दैवी प्रकोपको सन्दर्भमा चिनियाँ पक्षले विशेष चासो देखाएको थियो । साथै, चिनियाँ क्षेत्रमा रहेको हिमनदीसम्बन्धी सूचना आदान–प्रदानका लागि पनि सहमति भएको उनले बताए ।

रसुवाको बाढीबाट प्रभावित २०५ जनाको उद्धारप्रति नेपालले चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि अनुरोध पनि गरेको छ । साथै, केरुङ नाका अवरुद्ध भएकाले चाडपर्वलाई ध्यानमा राखी आवश्यक सामग्री ढुवानीका लागि कन्टेनर संख्या बढाउन नेपाली पक्षले आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० रामेश्वर कार्कीका अनुसार बैठकमा सीमा सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणबारे पनि विस्तृत छलफल भएको थियो । उनले भूकम्पअघि जस्तै तातोपानी नाका सञ्चालनमा ल्याउन नेपालले माग राखेको जानकारी दिए ।

‘निर्यात(आयात प्रक्रिया सहज बनाउने र नाकालाई व्यवस्थित एवं सञ्चालनमैत्री बनाउने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ,’ कार्कीले भने ।

उनका अनुसार, विशेष गरी नेपालतर्फको बन्दरगाहसम्म पुग्नुअघि इपिङ र लार्चामा रहेका बेलिब्रिजहरूको लोड क्षमता २८ टन मात्रै भएकाले त्यसको अनुसार मात्र सामग्री पठाउन अनुरोध गरिएको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयमा सामानको तौल मापन भए पनि ती पुलहरूको सीमित क्षमताका कारण एकपटकमा पठाइने सामग्रीमा ध्यान दिन आग्रह गरिएको हो ।

बैठकमा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी थापा, प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी प्रमुख अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान प्रमुख सुवास कार्की, अध्यागमन अधिकृत पदमराज तिमल्सिना, सशस्त्र प्रहरी डिएसपी जगत दुलाल, सशस्त्र प्रहरी निरीक्षक केदार खत्री, प्रहरी निरीक्षक सुरेश पाण्डे र जगत राई सहभागी थिए । चिनियाँ पक्षबाट न्यालम क्षेत्रका उच्च प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू उपस्थित थिए ।

बैठकमा नेपाली पक्षले चीनतर्फ निर्यातमा प्राथमिकता दिन आग्रह गरेको थियो । २०७८ वैशाख १८ गतेदेखि तातोपानी नाकाबाट निर्यात पुनः सुरु भए पनि चीनले निर्यातलाई प्राथमिकता नदिँदा नेपाली व्यापारी मर्कामा परेका छन् ।

भूकम्पअघि तातोपानी नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ लगायत १८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासासम्म निर्यात हुने गर्थे। तर, निर्यातमा निरन्तर अवरोध आएपछि सयौं व्यापारीको व्यवसाय प्रभावित भएको छ ।

सीमा जोड्ने अरनिको राजमार्गको करिब २६ किलोमिटर खण्ड क्षतिग्रस्त अवस्थामा रहेको र दैनिकजसो सडक अवरुद्ध हुने समस्या रहेको हुँदा केरुङ नाका तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तो अवस्थामा तातोपानी नाका व्यवस्थित गरेर सञ्चालनमा नल्याए आगामी चाडपर्व लक्षित आयातमा समेत असर पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com