ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात बुँदे घोषणापत्र जारी गर्दै नेपाल मिडिया सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न


abc news

काठमाडौ १६ साउन । नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारण सभा २०८२ साउन १६ गते काठमाडौँको होटल याक एण्ड यतिमा सम्पन्न भएको छ । सभाले सात बुँदे घोषणापत्र जारी गर्दै आगामी चार वर्ष (२०८२–२०८५) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। स्वायत्त, साझा र गैर–नाफामूलक संस्थाको रूपमा सञ्चार क्षेत्रमा सक्रिय मिडिया उद्यमी तथा सञ्चारगृह सञ्चालकहरूलाई संगठित गर्दै आएको नेपाल मिडिया सोसाइटीको सो सभाबाट संस्थापक अध्यक्ष कैलाश सिरोहीया (कान्तिपुर मिडिया ग्रुप) र क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण मिडिया नेटवर्क) लाई सल्लाहकार समितिमा चयन गरिएको छ । सोही सभाबाट अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान), निवर्तमान अध्यक्षमा शुभशंकर कंडेल (एबीसी टिभी), उपाध्यक्षहरूमा धर्मराज भूषाल (हिमालय टिभी) र महेश स्वार (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) तथा सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्र बहादुर सिंह (गौरीशंकर टिभी) कृष्णज्वाला देबकोटा (नयाँ पत्रिका दैनिक ) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन गरिएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष कैलाश सिरोहीयाले मिडिया सोसाइटीको स्थापना, संस्थाले गरेका उल्लेखनीय कार्यहरू र नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई व्यक्त गर्नु भएको थियो।


नेपाल मिडिया सोसाइटीको काठमाडौं घोषणा, २०८२
नेपाली मिडियाको समेत सक्रिय सहभागितामा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले दशक पार गरिसकेको छ । आफ्नै प्रत्यक्ष सहभागितामा स्थापित गरेको शासनव्यवस्थामा पनि नेपाली मिडियाले इतिहासमै संकटको सामना गरिरहेको छ । यस्तो प्रतिकूल अवस्थामा मिडिया उद्यमीहरुको साझासंस्था नेपाल मिडिया सोसाइटीको काठमाडौं भेला तथा साधारण सभा २०८२ साउन १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा निम्नलिखित काठमाडांै घोषणापत्र जारी गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।
१.नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यसले आमसञ्चार माध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशन÷प्रसारण गर्ने अधिकार सुनिश्चित गरेको छ । संविधानले दिएको त्यही अधिकारको उपभोग गर्दा पत्रकार र सञ्चारमाध्ययमले फौजदारी अभियोग समेतको सामना गर्न परिरहेको छ । यसमा साइबर कानुनकोसमेत् दुरुपयोग गरिएको छ । नेपालको संविधान र प्रेस स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा मर्म र भावना विपरीतका कार्य बन्दगरियोस् ।
२.सबै क्षेत्रमा निजीकरणको वकालतगर्ने सरकार आमसञ्चार माध्ययमको हकमा भने ठीक उल्टो गतिमा छ । गणतन्त्र स्थापना भइसक्दा पनि सरकारी मुखपत्रका लागि सरकारी बजेट परिचालन भइरहनु दुखद विडम्वना हो । विशेषगरी विज्ञापन ऐनको मूलमर्म विपरित सरकारी विज्ञापन नीति नीजि क्षेत्र मैत्री बन्न सकेको छैन । तसर्थ पूर्ण प्रेस स्वतन्त्रताको अर्थ सवैकालागि समान खेलमैदान उपलव्ध गराउने आधारभूत सिद्धान्तलाई सरकारी विज्ञापन वितरणमा प्रतिविम्वित हुनुपर्छ ।
३.प्रस्तावित मिडिया काउन्सिल विधेयक मिडिया क्षेत्रको प्रवर्धनका लागि भन्दा बढी नियन्त्रणकारी निकायका रुपमा थोपर्ने दुष्प्रयत्न देखिइरहेको छ । अहिलेसम्मको सरकारी रवैया, संसदीय समितिमा चलेका छलफल समेतलाई ध्यानदिएर आमसन्चार माध्यमकालागि छाता ऐन निर्माण गरेपछि मात्र त्यससँग सरोकार राख्ने अन्य ऐन बनाउने स्वभाविक प्रक्रियामा फर्किन सार्वभौम संसद र जिम्मेवार सांसदहरुसँग समेत हार्दिक अनुरोध गर्दछौं । मिडिया स्वनियमनका आफ्नै मूल्य र मान्यता छन् । सरकारले मिडिया उद्योगहरुलाई त्रसित बनाउने हतियारका रुपमा स्वनियमनको आग्रह गर्ने रवैया पूर्णतःउदार लोकतन्त्र विरोधी अधिनायकवादी शैलीहो भन्ने सवैपक्षलाई प्रष्ट हुन आग्रह गर्दछौं ।
४.नेपालको संविधानमा उपभोक्ता अधिकारलाई नागरिकको मौलिकहकका रुपमा व्यवस्था गरिएकाले सोहीअनुसार आमनागरिकले उपभोग गर्ने सवैखाले उत्पादित बस्तु तथा सेवा विक्री गर्ने फर्म तथा उद्योगले आफ्नो कुल बिक्रिको ३ देखि ५ प्रतिशत रकम आमसञ्चार माध्यममार्फत नियमित आफन उत्पादन तथा सेवाको प्रचार प्रसार गरी उपभोक्तालाई सूसुचित गराउने व्यवस्था कार्यान्वन गर्ने र गराउने व्यवस्थालाई अनिवार्य गर्न सहजिकरण गरियोस् । साथै, विदेशबाट आयात भएर नेपालमा विक्रीहुने तयारी खाद्यतथा पेय पदार्थ, तयारी पोशाक तथा अन्य पहिरनका सामानहरु, मोबाइल फोन, टीभी लगायतका सञ्चार उपकरणहरु, घरायसी विद्युतीय तथा अन्य भान्साका उपकरणहरुका ब्रान्ड धनीहरुले वा आयातकर्ताले ती सामानको आयात मूल्यको ५ देखि ७ प्रतिशत रकम आमसञ्चार माध्यमहरुमा मूल्यसूची लगायत प्रकाशन तथा प्रशारण गरी उपभोक्तालाई सुुसूचित गर्नै पर्ने व्यवस्था गर्नु आवश्यक छ । यो व्यवस्था प्राकृतिक न्यायको दृष्टिले पनि जरुरी छ । किनभने हाल यस्ता वस्तुहरुको सूचना नेपालमा सहजै प्रसारण भइरहेका विदेशी सन्चार माध्यमबाट भइरहेको छ । जुन वजारमा वस्तुको विक्री हुने हो त्यसको प्रचार प्रसार पनि सोही घरेलु (देश) बजारमा नै हुन पर्छ ।
५.विदेशी शैक्षिक संस्थाहरुका विज्ञापन हेरेर नेपाली विद्यार्थीहरु विदेश गैरहेका छन् । सरकारले केही बर्ष यता शैक्षिकसंस्था, बीमालगायत बिभिन्न क्षेत्रहरुको विज्ञापन खर्चमा कडाइ गरेको छ । निजी शैक्षिक संस्थाहरूले आफ्नो सेवा प्रवद्र्धन गर्न नपाउने नीतिले विद्यार्थी, अभिभावक, शिक्षालय, लगायतमा नकारात्मक तथा अन्तरविरोधी असर परेको छ । बीमा कम्पनीहरूको विज्ञापनमा गरिएको कडाइले बीमासम्बन्धी जानकारी प्रवाहमा अवरोध पुगेको छ । यसखाले प्रतिवन्धात्मक तथा निषेधात्मक प्रावधानलाई सच्याउन नेपाल सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउँछौ ।
६. कुसूचनाको खेतीबाट सिर्जित भ्रमले सामाजिक सन्जाल असामाजिक बन्दै गएको वैश्विक भ्रमात्मक सूचना महामारीले हाम्रो देश र समाजलाई पनि गम्भीर रुपले आघात पारिरहेको छ । यस्तो गम्भीर अवस्थालाई कसरी व्यवस्थित गर्नेभन्दा पनि आफ्नो विरोध कसरी रोक्ने भन्ने सरकार र जिम्मेवार राजनीतिक दलहरु तल्लीन हुनु स्वस्थ लोकतन्त्रकालागि गम्भीर चिन्ताको विषय बन्न थालेको छ । अर्कोतिर सन्जालमा अनलाइन विज्ञापनको नाममा मुलुकको ठूलो धनराशी अनाधिृकत रुपमा बाहिरिएको छ । त्यस खाले विज्ञापन शैली अपनाउँदा राज्यको करको दायरालाई समेत गम्भीर असर परेकोप्रति सरकार उदासिन हुनु विडम्वनापूर्ण छ । यसतर्फ सम्बन्धित निकायले तत्काल यथोचित पहल लिएर सुस्पष्ट वैधानिक र स्वभाविक शैली अबलम्वन गर्न ध्यानाकर्षण गराउन चाहन्छौं ।
७.विज्ञापन बजारमा सञ्चार संस्थाहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले प्रतिकुलता थपिएको छ । यसलाई मर्यादित बनाउन न्यूनतम दर रेट र पारदर्शिता सहितको आचारसंहिताको पालना गर्न यो सम्मेलन सम्पूर्ण सञ्चार उद्यमीहरुलाई आग्रह गर्दछ ।

बोधराज त्रिपाठी
महासचिव

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com