ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ वटा द्वन्द्व रोकेका ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो- ह्वाइट हाउस


abc news
श्रावण १६, २०८२ शुक्रबार   १२ : ५७   बजे

काठमाडौ १६ साउन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्।

क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् ।

प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र पाकिस्तान, सर्बिया र कोसोभो तथा मिस्र र इथियोपियाबीचको संघर्ष अन्त्य गराएका छन्।’

उनले थपिन्, ‘यसको अर्थ, ट्रम्पले आफ्नो छैटौं महिना पूरा नहुँदै लगभग प्रत्येक महिनामा एउटा शान्ति सम्झौता वा युद्धविराम गराएका छन्। अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिइयोस्, समय आएको छ ।’

उनले विश्वव्यापी विरोधका बावजुद हजारौं सर्वसाधारणको हत्या भइरहेको गाजा युद्ध बारे भने कुनै प्रतिक्रिया दिइनन् । ट्रम्पले गाजामा इजरायलले युद्ध नरोके प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने चेतावनी दिइरहेका बेलायत र क्यानडालाई भन्सार शुल्क बढाउने धम्की दिइरहेका छन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group