काठमाडौ १५ साउन । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् ।
दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले बताए ।
यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।







प्रतिक्रिया दिनुहोस्