ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे


abc news
श्रावण १५, २०८२ बिहीबार   ३ : १३   बजे

काठमाडौ १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।

साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताए । ‘सामाजिक सञ्जालमा के पोष्ट गरेको भनेर उसले सोध्यो । मैले गरेको कुन पोष्ट भनेर सोधेँ । किन म माथि आक्रमण भयो, अहिलेसम्म अस्पष्ट छु,’ गैरले प्रहरीमा उजुरी दिएको जानकारी गराए ।

कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन् ।

‘दोषीलाई बचाउन र वार्ताका लागि कसैले प्रयास नगरोस यो ज्यान मार्न आउनेलाई वार्ताले उन्मुक्ति दिन सकिँदैन,’ गैरेले लेखेका छन्, ‘राजनीतिक शक्तिको दममा चलखेल नगरियोस् । बचाउने कोसिस नगरियोस्, भगाउने कोसिस नगरियोस् । यही पार्टीकै कारण म सबै गुमाईसकेको मान्छे पार्टीकै कारण ज्यान दिनपर्‍यो भने भने पनि मलाई कुनै आपत्ति छैन ।’

राप्रपामा १८ वर्ष योगदान दिएको कारणस्वरूप ‘धार्मिक उपहार’ पाएको उनले लेखेका छन् ।

गैरेले अध्यक्ष लिङ्देनतर्फ संकेत गर्दै झापाको छुर्पी ग्याङ चलाए जस्तो पार्टी चलाउन नभएको उनले लेखेका छन् ।

लिङ्देनलाई उनले भनेका छन्, ‘अध्यक्षज्यू, वैचारिक तर्क मन नै नपर्ने तपाईं, तपाईंको कार्यशैलीको विषयमा बोल्नै नपाइने, तपाईंको गुणगान गाउने र चाकरी गर्ने मात्र तपाईको नजरमा पाटी कार्यकर्ता हुने अरू सबै तपाईंका दुश्मन ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group