ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण


abc news
श्रावण १५, २०८२ बिहीबार   १ : ५१   बजे

काठमाडौ १५ साउन । नागरिक उन्मुक्ति पार्टी नाउपा ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ ।

बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो ।

नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।

विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ । रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।

केन्द्रीय सदस्यहरूले पटक(पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको जनाइएको छ ।

‘पटक(पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्‍यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने ।

कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनक लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को कारणमा उल्लेख गरिएको छ ।

पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना बनाइएको छ ।

पार्टीले रञ्जितालाई हटाउनका लागि औपचारिक निर्णय गरिसके पनि नयाँ अध्यक्ष भने तोकिसकेको छैन ।

नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्थाले अर्को व्यक्तिलाई अध्यक्ष बुधबार तोकिएन । बिहीबार थप छलफल गरेर निर्णय गर्ने गरी हिजोको बैठक सकिएको थियो ।

‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्‍यो । आज निर्णय हुन्छ,’ महासचिव थारूले भने,‘ विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन नि ?

अध्यक्ष रञ्जितालाई पदमुक्त गर्न राष्ट्रिय भेला बोलाइएको छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश र संघका सांसद र नाउपाबाट निर्वाचित पालिकाका प्रमुखलाई पनि बोलाइएको छ ।

बिहीबारको भेलाबाट नयाँ अध्यक्ष चयन गर्ने नाउपाले जनाएको छ । गंगाराम चौधरी, लालबीर चौधरी र रामलाल डगौरा मध्येबाट एक जना अध्यक्ष चुन्ने गरी छलफल भएको नाउपाका नेताहरुले जानकारी गराएका छन् । गंगाराम नाउपाका संसदीय दलका नेता हुन् ।

लालबीर पार्टी संरक्षक रेशम चौधरीका बुवा हुन् । डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् । डगौराले नै राष्ट्रिय भेलाको संयोजन गरेका छन् । संरक्षक चौधरीले आफू आयोजक नभई प्रमुख अतिथिका रुपमा उपस्थित भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group