ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा


abc news
श्रावण १५, २०८२ बिहीबार   १ : ११   बजे

काठमाडौ १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताउनु भएको छ ।

जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो ।

सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ ।

सन् २०२४ मा अमेरिकासँग ५६ अर्ब डलरको व्यापार लाभ कमाएको दक्षिण कोरियाका लागि यो सम्झौता सफल रूपमा प्रस्तुत गरिएको छ ।

१५ प्रतिशतको भन्सारकर दक्षिण कोरियाका मुख्य निर्यात सामानहरु कार र सेमिकण्डक्टरमा लागू हुनेछ । तर स्टिल र एलुमिनियमजस्ता अन्य महत्त्वपूर्ण सामानहरुमा भने ट्रम्पले तोक्नुभएको ५० प्रतिशतको विश्वव्यापी दर अनुसार कर लाग्नेछ ।

यद्यपि, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगले यो सम्झौतालाई अन्य राष्ट्रहरूसँग बराबरी वा अझ राम्रो स्थितिमा राख्ने सम्झौता भएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । ३५० अर्ब डलरमध्ये १५० अर्ब डलर अमेरिकी युद्धपोत तथा अन्य जलपोत निर्माणका लागि लगानी गरिनेछ ।

जलपोत निर्माणमा दक्षिण कोरिया चीनपछि विश्वकै दोस्रो ठूलो उत्पादनकर्ता राष्ट्र हो, र यस क्षमताको प्रयोग गरेर उसले अमेरिका सँग सुरक्षा साझेदारी मजबुत पार्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group