ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा शक्तिशाली भूकम्प: प्रशान्त महासागरमा १३ फिट अग्ला छाल आउने चेतावनी


abc news
श्रावण १४, २०८२ बुधबार   ६ : ०८   बजे

काठमाडौ १४ साउन । रुसमा गएको शक्तिशाली भूकम्पका कारण दक्षिण प्रशान्त महासागरमा अवस्थित देश फ्रेन्च पोलिनेसियाको मार्केसस द्वीप समूहमा सुनामी आउने चेतावनी जारी गरिएको छ।

स्थानीय अधिकारीहरूले आगामी केही घण्टामा चार मिटरसम्म अर्थात् लगभग १३ फिट अग्ला छाल आउने अनुमान गरिएको बताएका छन्।

अधिकारीहरूका अनुसार यी छाल उआ हुका, नुकु हिवा र हिवा ओओ टापुमा ठोक्किने सम्भावना छ।

यसैले यस क्षेत्रमा बस्ने मानिसहरूलाई उच्च स्थानमा सर्न सल्लाह दिइएको छ।

नुकु हिवा प्रशान्त महासागरमा अवस्थित मार्केसस द्वीप समूहको सबैभन्दा ठूलो टापु हो।

फ्रान्सेली पोलिनेसियाका बाँकी भाग भने खाली गर्न आवश्यक छैन, तर मानिसहरूलाई समुद्र तट, किनार र नदीकिनारबाट टाढा रहन भनिएको छ।

रुसको सुदूरपूर्वी तटनजिकै बुधबार बिहान ८।७ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा रुसको सीमाना जोडिएका धेरैवटा देशमा सुनामीको खतरा बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस, जापान र अमेरिकामा सुनामीको डरले सुरक्षित स्थानमा सरिरहेका छन्। क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, चीन, फिलिपिन्स, ताइवान र इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group