ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार बढाउन बीबीआईएन देशहरूले भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्छ- चन्द्र ढकाल


abc news

काठमाडौ १४ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन ९बंगलादेश, भुटान, भारत र नेपाल० देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन्।

३१औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

‘भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ’, उनले भने, ‘नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन्। विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ।’

लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति शृंखला निर्माण गर्ने बताए। नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्व पनि उनले जोड दिए। यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उनले यो क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए। साथै, उनले यसको लागि सार्वजनिक निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहको बताए।

अध्यक्ष ढकालले ढुवानी सेवामा लगाइएको मूल्यअभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको बताउँदै यसले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिम रहेको धारणा राखे।

सरकारको कानुनका गरेका संशोधन, बजेटमा उल्लेख भएका व्यवस्था तथा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने कतिपय विषयहरुको कार्यान्वयनमा समस्या भएको गुनासो गर्दै सरकारलाई विश्वासका साथ काम गर्न आग्रह गरे।

साथै अध्यक्ष ढकालले नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले स्थापनाकालदेखि नै कार्गो सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसको भूमिका थप प्रभावकारी हुने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com