ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव हारेकाहरु विद्या भण्डारीको प्रवक्ता ?: अध्यक्ष ओली


ABC News

काठमाडौं ५ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र चुनाव हारेकाहरु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता बनेको भन्दै चर्को आक्रोश व्यक्त गरेका छन् ।
पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे ।

‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने र ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।

‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’

उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् । ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए ।

‘हाम्रो आन्दोलनले सधैं हमला बेहोरेको छ, विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखी हमला झेलेका हो,’ अध्यक्ष ओलीले इतिहास कोट्याए, ‘८ साल देखि १३ साल सम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो । मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा गालीगलौजको प्रवृत्तिलाई मोहनबिक्रम सिंहले सैद्धान्तिकरण गरेको बताए । त्यससलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तार गरेको ओलीको आरोप थियो ।

‘गाली गवौजको प्रवृत्तिलाई मोहनविक्रमले सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ,’ उनले भने ।

उनले राजनीतिक सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्ने भन्दै माओवादीको अहिलेको तरिका फरक रहेको बताए । यी सबै प्रवृत्तिका बिरूद्ध एमाले लड्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

‘अस्ति पोलिटब्यूरो बैठकपछि एमाले एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौं भनेर निस्कियौं,’ ओलीले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन्, यी त्यसै भएको छैनन्, लगानी गरेर भएका छन् ।’

अध्यक्ष ओलीले पार्टीले मिसन ०८४ भनेकाले त्यसका लागि सबै एकजुट हुनपर्ने पनि बताए । बहुमत नभइ काम गर्न नसकिने भन्दै उनले बहुमत ल्याउन सबै एकजुट हुन पर्ने धारणा राखे ।

‘हामीले मिसन ८४ भनेका छौँ , बहुमत नभै काम गर्न सकिन्न, एकमना एकता नभै हाम्रो नीति लागु गर्न सकिन्न,’ ओलीले भने, ‘अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो फेरि अरू तयारीहरू भैरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ ।’

उनले नेताहरू आफ्नै स्वार्थका ससाना कुरा गरेर संकीर्ण बनेको आरोप पनि लगाए । यति भनिरहँदा ओलीले आफ्नै लागि ७० वर्षे उमेर हद हटाएको पनि भन्न भने बिर्सिएनन् ।

‘७० बर्षे उमेरहदको प्रस्ताव पार्टीको सातौं महाधिवेशनमा म आफैले गरेको हो । पार्टीलाई लोकतान्त्रिक बनाउन नै गरेको हो,’ उनले भने, ‘तर अहिले परिस्थिति अर्कै छ । अस्वस्थ गतिविधि भयो । कुनै पनि हालतमा पार्टीमा अस्वस्थ गतिविधि हुन दिइन्न ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com