काठमाडौ ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको बर्खास्तीमा परेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरीले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ ।
केही नेताहरू लिएर आज आयोगको कार्यालय पुग्नुभएका उपाध्यक्ष गिरीले उजुरी दर्ता गराउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधान अनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरीत पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएकोले आफू आयोगमा पुगेको गिरीले बताउनुभयो ।
पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभई उद्देश्य प्राप्ति हुन नसक्ने उहाँको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्