काठमाडौ ३१ असार । बाढी पहिरोका कारण केही ठाउँमा सडक अवरुद्ध भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाईंकुण्ड, कालीगण्डकी करिडोर र भेरी करिडोरमा सडक अवरुद्ध छ ।
कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ वरुणमा गएको जेठ ६ गतेदेखि नै सडक अवरुद्ध भएको हो ।
यस्तै यही असार २४ गतेको भेलबाढीका कारण नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्ग रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ मा सडक अवरूद्ध छ ।
अस्ति आइतवारको वर्षासँगै पहिरोले कालिगण्डकी करिडोरअन्तर्गत कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ बर्लाबामा सडक अवरूद्ध भएको छ ।
जाजरकोट डोल्पा भेरी करिडोरअन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार र भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा पनि सडक अवरूद्ध छ ।
बाढी पहिरोका कारण केही ठाउँमा सडक अवरुद्ध भएका छन् । यस्तै बीपी राजमार्गमा पनि ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेकाले यातायात कष्टकर बनेको छ ।








प्रतिक्रिया दिनुहोस्