ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकर-व्यवसायी छुट्याउने र नयाँ बैंकको लाइसेन्स दिने विषयमा पछि हटे गभर्नर


abc news

काठमाडौ ३१ असार । राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि विश्वनाथ पौडेलले दुईवटा विषयलाई बहसमा ल्याएका थिए । पहिलो थियो– बैंकर र व्यवसायी छुट्याउनुपर्छ । अर्को थियो– नयाँ बैंकको इजाजत ९लाइसेन्स० खुलाउने वा पुराना बैंकको लाइसेन्स अवधि तोक्ने ।

गभर्नर पौडेलले यी दुई विषयमा संसद्का समितिहरुमा र पब्लिक फोरममा पनि बोले । मौद्रिक नीतिको पूर्वसन्ध्यामा यी विषयलाई बहसमा ल्याइएपछि धेरैले नयाँ मौद्रिक नीतिमा यस्ता कुराहरु समावेश हुने अनुमान गरे । तर, गत शुक्रबार आएको मौद्रिक नीतिमा यी दुवै विषय परेनन् । यी विषयमा अनुसन्धान गरिनेछ भन्ने वाक्य पनि गभर्नर पौडेलले समावेश गर्न सकेनन् । त्यसैले यी दुवै विषय तत्कालका लागि बन्द भएका छन् ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने व्यक्तिहरु र राजनीतिक दल एवं सत्तासमक्ष उनीहरुको पहुँचबारे थाहा नभएजस्तै गरी दुवै विषयलाई बहसमा ल्याएका थिए । आखिरमा बैंकिङ क्षेत्रमा लगानी गर्ने उद्योगीहरुको भित्रि दबाबका कारण पौडेल पछि हट्न बाध्य भएका छन् ।

संसदीय समितिमा बाफियाका बारेमा भएको छलफलमा बैंकर र व्यवसायी छुट्याउनुपर्ने भनाइ पौडेलले राखेकामा उद्योगी–व्यवसायीले चर्को विरोध गरेका थिए । उनलाई अप्रत्यक्ष दबाब पनि दिइएको थियो । त्यसपछि उनले यस्तो धारणा फेरि राख्न सकेका छैनन् । गभर्नर पौडेलले यही असार २७ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ बैंकको लाइसेन्सबारे पनि कुनै विषय उल्लेख गरेका छैनन् । नियो बैंकको मात्रै सम्बोधन मौद्रिक नीतिले गरेकाले तत्कालका लागि यो विषय टरेको जानकारहरू बताउँछन् ।

गभर्नर पौडेलले नयाँ बैंकलाई लाइसेन्स दिनुपर्ने बताइरहँदा केही विज्ञहरूले उनको भनाइमा सहमति जनाएका थिए । तर बैंकर, बैंकका सञ्चालक तथा कतिपय पूर्व बैंकरहरूले भइरहेकै बैंक सबल बनिनसकेको सन्दर्भमा नयाँ बैंक आवश्यक नहुने तर्क गरिरहेका थिए ।

२०६७ सालमा नयाँ बैंकको लाइसेन्स दिन रोकिएको थियो । तर, अहिले डा। रेवतबहादुर कार्कीको नेतृत्वमा पूर्व बैंकर भुवन दाहाल र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सम्मिलित बैंकिङ क्षेत्र सुधार कार्यदलले नयाँ बैंकको लाइसेन्स खुला गर्नका लागि पौडेललाई सुझाव दिएको थियो । सोही सुझावसमेतको आधारमा गभर्नर पौडेलले विशेष शर्तहरूसहित लाइसेन्स खुला गर्नुपर्ने मत राखेका थिए । अर्थ समितिको बैठकमा उनले बैंकहरूको लाइसेन्स पनि आवधिक हुनुपर्ने बताएका थिए । यसले बैंकिङ क्षेत्र तरंगित बन्न पुगेको थियो ।

गभर्नर पौडेलले मौद्रिक नीतिमा पारेको नियो बैंक सञ्चालनमा ल्याउने विषय यसअघि बजेटमै उल्लेख भएको थियो । बजेटमा आइसकेको विषयलाई मौद्रिक नीतिमार्फत ल्याउनका लागि सहज भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले अहिले नयाँ बैंकलाई लाइसेन्स दिने कुनै विषय नरहेको बताए । सोहीअनुसार मौद्रिक नीतिमा नियो बैंकको मात्रै कुरा आएको उनको भनाइ छ ।

अहिले नयाँ बैंकको लाइसेन्सको आवश्यकता नभएको उनले बताए । कारोबारसँग उनले भने, ‘अहिले बैंकको लाइसेन्स खुला गर्नुपर्ने त्यस्तो आवश्यकता मैलेचाहिँ देखेको छैन ।’ विगतमा अथक मेहनतका साथ लामो समय खर्चिएर बैंकहरू घटाइएको भन्दै सिवाकोटीले अझै घटाउनुपर्ने आवश्यकतामा जोड दिए । ‘बैंक डाउनसाइज गर्ने कार्यमा अझै हामीले पूरा सफलता प्राप्त नगरिसकेको अवस्था छ, त्यसकारण नयाँ लाइसेन्स अहिलेको आवश्यकता हो जस्तो लाग्दैन,’ सिवाकोटीको भनाइ छ ।

अहिले मौद्रिक नीतिमा नआएको बैंक लाइसेन्सको विषय आगामी मौद्रिक नीतिहरूमा आउन सक्ने अहिले नै कल्पना नगरिएको सिवाकोटी बताउँछन् । यद्यपि, राष्ट्र बैंकले आवश्यक ठानेमा मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत पनि यससम्बन्धी व्यवस्थाहरू गर्न सकिने उनले बताए । ‘बजेटमा नयाँ बैंकको लाइसेन्स दिने कुरा उल्लेख भएमा पनि मौद्रिक नीतिमार्फत त्यसलाई अगाडि बढाउने प्रक्रिया शुरू हुन सक्छ । यद्यपि, त्यो अहिलेको आवश्यकता होइन,’ उनले भने ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले अहिले नयाँ बैंकको लाइसेन्सको आवश्यकताबारे विभिन्न कोणबाट हेरिनुपर्ने बताए । ‘नेपालमा अहिले भएका बैंक आवश्यकभन्दा बढी छन् वा आवश्यकभन्दा कम छन् भन्ने विषय यकिन गरेर मात्रै यसलाई विश्लेषण गरिनुपर्छ । अहिले बैंकहरूमा कर्जा लगानी गर्ने पुँजीको अभाव भइसकेको छ । बाफियाका विभिन्न व्यवस्थाका कारण भइरहेका बैंकहरूले पुँजी बढाउन नसक्ने अवस्था छ । यसकारण नयाँ बैंकको लाइसेन्स आवश्यक पर्न सक्छ,’ उनले भने । पुँजीको हिसाबले हेर्ने हो भने अहिले बैंक पर्याप्त अवस्थामा नरहेको भट्टराई बताउँछन् । ‘अहिले नयाँ आयोजनाका लागि लगानी राम्रो हुने अवस्था आउँदा कर्जा दिन हम्मेहम्मे पर्छ,’ उनले भने ।

अहिले मौद्रिक नीतिमार्फत पुँजी बढाउनका लागि सहयोग गरिने बताइएको छ । तर, त्यसका लागि बाफियामा बैंक र व्यवसायी छुट्याउने विषय पुँजी वृद्धिका लागि बाधक हुने उनले बताए । बैंकलाई क्षेत्र तोकेर अगाडि बढाउने हो भने संख्या नपुगेको उनको तर्क छ । ‘बैंकको लाइसेन्स नै खोल्ने हो भने पनि कुन क्षेत्रलाई प्राथमिकता दिएर खोल्ने रु त्यो विषय महत्वपूर्ण हो,’ उनले भने ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकहरू भर्खर मर्जरमा गएको अवस्थामा त्यसको दुई वर्षसम्म ‘एडजस्ट’ हुन समय लागिरहेको बताए । यस्तो परिस्थितिमा अहिले भइरहेकै प्रकृतिको नयाँ बैंक हुनुपर्ने जस्तो आफूलाई नलागेको उनी बताउँछन् । ‘अहिलेकै हिसाबमा गभर्नरज्यूले भइरहेकै प्रकृतिको बैंकको लाइसेन्सको कुरा उठाउनुभएको जस्तो मलाइ लाग्दैन,’ उपाध्यायले भने, ‘अलि स्पेसिफिक भएर भिन्दै किसिमले, नयाँ र बेग्लै प्रकृतिको कार्यक्षेत्र सहितको भने आउन सक्ने अवस्था रहन्छ ।’

मौद्रिक नीतिले आगामी आवको बजेटमा घोषणा गरिएको नियो बैंक स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अगाडि बढाइने घोषणा गरेको छ । यसमा भने जानकारहरू सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com