ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीमा खस्दैछ चीनको एक बन्द स्पेस स्टेशन, समय र ठाँउ यकिन छैन


admin
चैत्र १४, २०७४ बुधबार   ५ : ०७   बजे

काठमाडौं, १४ चैत । चीनले प्रक्षेपण गरेको स्पेस स्टेशनको एक टुक्रा पृथ्वीमा खस्ने उक्त स्टेशनको निगरानि गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।

‘द तियाङगोग-१’  नाम दिइएको उक्त स्पेस स्टेशनलाई चीनले सन् २०११ मा अन्तरिक्षमा पठाएको थियो । यसले आफ्नो मिसन पाँच बर्षपछि यानिकी २०१६ मा पूरा गरेको थियो ।

मिसन सकिएपछि उक्त स्टेशन पृथ्वीमा फर्किने छ वा फर्किने छैन भन्ने अनुमान गरिदै आईएको थियो । अहिले नियन्त्रण टोलीको बाहिर रहेको यो बन्द स्टेशन कहिले र कहाँ पृथ्वीमा खस्नेछ भन्ने तय गर्न गाह्रो भएको छ ।

तर एक नयाँ अनुमान अनुसार वैज्ञानिकहरुले यो ३० मार्च र २ अप्रिलको बिचमा पृथ्वीमा खस्न सक्ने बताएका छन्।

प्रक्षेपण गरिएका अधिकांश स्पेस स्टेशन अंतरिक्षमा नै जलेर नष्ट हुन्छन तर कुनै टुक्राहरु नष्ट नहुन सक्छन जुन पृथ्वीमा खस्न सक्ने खतारा हुन्छ।

‘द तियाङगोग-१’ चीनको महत्वकांक्षी अन्तरिक्ष कार्यक्रमको एक हिस्सा थियो। यसलाइ चिनको २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो चरण मानिन्छ।

कहाँ खस्‍न सक्छ ?

चीनले २०१६ मा पुष्टि गरेको थियो, उसको ‘द तियाङयोग-१’ संग सम्पर्क टुटेको र उनीहरुले यसलाइ नियन्त्रण गर्न सकेका छैनन्।

पृथ्वीमा यो टुक्रा भू-मध्य रेखाको ४३ डिग्री उत्तर देखि ४३ डिग्री दक्षिणको बिचमा खस्नसक्ने द युरोपियन स्पेस एजेन्सीले भनेको छ। उसले यो ३० मार्च देखि २ अप्रिलको बिचमा पृथ्वीका वायुमण्डलमा प्रवेश गर्ने अनुमान लगाएको छ।

कसरी खस्‍नेछ ?

यो टुक्रा विस्तारै–विस्तारै पुथ्वीको नजिक आइरहेको छ।’जब यो पृथ्वीबाट १०० किलोमिटरको नजिकमा आउछ यो तात्तिन सुरु हुनेछ। द अष्ट्रेलिया सेन्टर फर स्पेश इन्जिनियर्स रिसर्चका उप निर्देशक डां एलियस अबाउटेनियसले भनेका छन। उनि भन्छन्- ‘यदि यो मानव वस्ती भएको ठाउँमा रातको समयमा जलेर नष्ट भएमा ताराको जस्तै देखिने छ।

पृथ्वीको वातावरणमा प्रवेश गरेपछिको यात्रामा यसको ८.५ टन मध्यको अधिकांश हिस्सा नष्ट हुनेछ। इन्धन ट्याङ्क वा रकेट इन्जिन पुरा नष्ट नहुन सक्ने बताइएको छ। र यसबाट हुनसक्ने क्षेतिको आकलन कम गरिएको छ। द युरोपियन स्पेश एजेन्सीका प्रमुख हालगर क्रेगको अनुमानमा चट्याङ पर्दा जति क्षति हुन्छ त्यतिनै यसले क्षेति गर्नेछ।

के सबै स्पेशको टुक्राहरु पृथ्वीमा खस्छ ?

डा. एलियसका अनुसार अधिकांश टुक्राहरु पृथ्वी तर्फ खस्छन् र यि समुन्द्र वा मानव वस्ती भन्दा टाढा जलेर नष्ट हुन्छन् । यस्ता टुक्राहरुलाइ चाहेको ठाउँमा खसाल्न सकिन्छ।

यस्ता टुक्राहरुलाइ दक्षिण प्रशान्त महासागरको अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकाको बिचमा खसालिन्छ । यो १५०० वर्ग किलोमिटरको एरियालाई स्पेश क्राफ्ट र स्याटेलाइटको चिहान भन्ने गरिन्छ।

के हो तियाङगोङग ?

चीनले सन २००१ बाट आफ्नो अंतरिक्षमा सुरु गरेको हो र परिक्षणको लागी जनावरलाई यसमा पठाएको थियो। त्यसपछि २००३ मा चिनियाँ बैज्ञानिक अन्तिरिक्षमा पुगेका थिए। सोभियत संघ र अमेरिका पछि अन्तरिक्षमा पुग्ने चीन तेस्रो देश थियो।

सन् २०११ मा ‘द तियाङगोङग-१’ प्रक्षेणपसँगै चीनको स्पेश कार्यक्रमको सुरुवात भएको हो। त्यसपछि २०१२ मा चीनबाट पहिलो महिला यात्री लियु याङग अन्तिरक्ष गएकी थिइन्।

‘द तियाङगोङग-१’ ले सन २०१६ मार्च पछि काम गर्न छोडेको थियो। तर ‘द तियाङगोङग-२’ अन्तरिक्षमा काम गरिरहेको छ र सन् २०२२ सम्ममा यसको तेस्रो संस्करण अन्तरिक्षमा पठाइने बताइएको छ जुनमा वैज्ञानिक हुन सक्ने छन्।

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group