ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म : मुख्यमन्त्री भट्ट


admin

कैलाली, १३ चैत । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ७ समन्वय परिषद्ले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो – “संघीयतालाई संस्थागतरुपमा विकास गर्नका लागि पहिचान र पहुँचलाई मध्यनजर गरी सबैले आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ ।”

मुख्यमन्त्री भट्टले प्रदेशको कानून बनाउँदा सम्बन्धित सबै तहस्तरका व्यक्तिलाई बोलाएर छलफल तथा बहस गरिने पनि बताउनुभयो ।

पहिचानको आन्दोलनले उत्थान गरेको वैज्ञानिक सीमांकनका लागि प्रदेशस्तरबाटै छलफल गरी कार्यान्वयन गर्नुपर्ने, आदिवासी जनजातिको भाषा, संस्कृति, कला सीपको उत्पत्ति र विकासलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि छुट्टै ऐन कानून बनाइ कार्यान्वयन गर्नुपर्ने माग सो ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेशको सरकारी कामकाजको भाषा खस नेपालीसहित थारु भाषालाई तोकिनुपर्ने, माध्यमिकदेखि उच्च शिक्षासम्म मातृभाषा शिक्षालाई अनिवार्य विषय बनाउनुपर्ने, आदिवासी र थारु आयोगलाई संवैधानिक आयोगकारुपमा प्रदेशबाटै सिफारिश गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com