काठमाडौ १५ जेठ । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन गरेको बताए।
त्यस्तै यात्राको समय लागत र दूरी घटनाउन घटाउने गरी पुष्पलाल राजमार्ग विस्तार गर्न ३ अर्ब ९४ करोड विनियोजन गरेकोसमेत अर्थमन्त्रीले घोषणा गरे।
सरकारले हुलाकी राजमार्गलाई ३ अर्ब ५६ करोड विनियोजन गरेको छ भने आगामी वर्ष आँबुखैरेनी–पोखरा सडक चार लेन सम्पन्न गर्न ८ अर्ब५२ करोड विनियोजन गरिएको छ।
‘आगामी वर्ष ३७ किलोमिटर सडकमा सब बेस चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिनेछ,’ बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘यसका लागि २४ अर्ब ४९ अर्ब विनियोजन गरिनेछ।’
त्यस्तै पूर्वपश्चिम राजमार्गमा चार लेन सडक विस्तार गरिने सरकारले बताएको छ। कर्णाली करिडोर सडकका लागि १ अर्ब २७ करोड विनियजन गरेको सरकारले कालिगण्डकी करिडोरका लागि २ अर्ब ३३ करोड विनयोजन गरेको छ।
करोड मदनभण्डारी सडक विस्तारका लागि भने सरकारले २ अर्ब ५१ रुपैयाँ छुट्याएको छ। त्यस्तै दार्चुलाको तिंकर सडक खण्डको सडकका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्रीले जानकारी दिए।
गल्छी–रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्रीले उल्लेख गरे।







प्रतिक्रिया दिनुहोस्