काठमाडौ १३ जेठ । अवरोध प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। मंगलबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले सहजीकरणका लागि छलफल बोलाएका हुन्।
आज करिब १२ बजे सुरु भएको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले उठेर नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका थिए। सभामुखले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीले विरोध कायमै राखेपछि ३० मिनेटको लागि बैठक स्थगित गरेका थिए। २० मिनेट चलेर आधा घण्टाका लागि स्थगित बैठक पछि २स्३० सम्मका लागि सूचना टाँस गरेर स्थगित गरियो।
तर अझै बैठक सुरु हुन सकेको छैन। सभामुख, उपसभामुख र दलका प्रमुख सचेतकबीच छलफल जारी छ।







प्रतिक्रिया दिनुहोस्