काठमाडौ ९ जेठ । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषदमा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराउनुभएको छ । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालय सम्हाल्नुभएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नयाँ मन्त्रिपरिषदमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन् ।
कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसक्नुभएको छ भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न हुनुहुन्थ्यो ।
यसअघि पनि दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो । पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएर नयाँ पठाएको हो ।







प्रतिक्रिया दिनुहोस्