काठमाडौ ७ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा एउटा स्कूल बसमा भएको बम आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको ज्यान गएको छ । स्थानीय समयानुसार आज बिहानको समयमा बसमा आक्रमण भएको हो ।
आक्रमणको समयमा बसमा झन्डै ५० जना स्कूले बालबालिका रहेका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनामा अन्य केही घाइते भएका विवरण प्राप्त भए पनि सङ्ख्या उल्लेख गरिएको छैन ।
दक्षिण–पश्चिम क्षेत्रमा सेनाद्वारा सञ्चालित आर्मी पब्लिक स्कूल ९एपीएस० का विद्यार्थी बोकेको बसमा आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यो घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप लगाउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्