ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा


abc news

काठमाडौ ७ जेठ । सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

बाँफीकोट गाउँपालिका–२ मा पीपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको अभियोगमा ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले बुधबार जनाएको छ।

आव २०७९र८० मा उक्त सडक निर्माण योजनाका लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित एक करोड ९९ लाख ८२ हजार ७९३रुपैयाँ कायम भएको उक्त योजना सञ्चालनका लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट बीच ७७ लाख ४४ हजार ५७० रुपैयाँमा सम्झौता भएको थियो।

निर्माण कार्य फिल्ड प्रतिवेदनअनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सड्क निर्माण भएको भनी निर्धारित मापदण्डविपरीत भएको निर्माण कार्यलाई लुकाइ छिपाइ झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गराएको अभियोग उनीहरूमाथि लगाइएको छ।

अख्तियारको अनुसन्धानले २१ लाख ६३ हजार ८६५ रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। अभियोगपत्रमा चारैजनासँग २१ लाख ६३ हजार ८६५ रुपैयाँ मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com