ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो- अध्यक्ष प्रचण्ड


abc news
जेष्ठ ५, २०८२ सोमबार   ११ : ११   बजे

काठमाडौ ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गर्नुभएको छ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिम सहभागी भयो। कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवर्द्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्यपहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “यहाँको विकास र समृद्धिमा देखिएको दलहरूको एकता उदाहरणीय छ। यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ। यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गरिनेछ।”

उहाँले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।

दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताउनुभयो। उहाँले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गर्नुभयो।

“मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो।”

उहाँले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएकोमा गौरव व्यक्त गर्नुभयो। “अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,” उहाँले भन्नुभयो, “यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group