ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोल्यान्डमा आज राष्ट्रपतिको चुनाव


abc news

काठमाडौ ४ जेठ । पोल्यान्डमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। हालका राष्ट्रपति आन्द्रेज डुडाको दोस्रो कार्यकाल आगामी ६ अगस्टमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।

पोल्यान्डमा राष्ट्रपति अधिकतम दुई कार्यकाल मात्र रहने संवैधानिक व्यवस्था छ।

आज बिहान ७ बजदेखि साँझ ९ बजेसम्म १८ वर्ष माथिका लगभग २ करोड ९० लाख पोलिश मतदाताले राष्ट्रपतिका कुनै एक उम्मेदवारलाई मतदान गर्नेछन्।

निर्वाचनमा राष्ट्रपति पदका मुख्य दुई उम्मेदवारबी प्रतिस्पर्धा हुने बताइएको छ। जसमा सत्तारूढ सिभिक गठबन्धनको तर्फबाट राफाल ट्राजास्कोवस्की तथा अर्को मुख्य विपक्षी दल कानुन र न्याय समर्थित स्वतन्त्र उम्मेदवार कारोल नवोरोस्की छन्।

रूस(युक्रेन युद्ध, आप्रवासन, गर्भपतन अधिकार र अर्थतन्त्रजस्ता मुख्य मुद्दालाई सबै उम्मेदवारले उठाएका छन्।

पोल्यान्डको संविधानअनुसार उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गरेमा विजय हुन्छन्। यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाका लागि दोस्रो चरणको मतदान हुनेछ।

विभिन्न सर्वेक्षणले देखाए अनुसार चुनाव दोस्रो चरणमा जाने भएमा आगामी जुन १ मा पोल्यान्डले नयाँ राष्ट्रपति पाउनेछ।

जसले आगामी ६ अगस्टबाट आफ्नो कार्यकाल सम्हाल्ने छन्।

संविधान अनुसार पोल्यान्डमा शक्ति प्रधानमन्त्री र संसदमा निहित हुन्छ। तर राष्ट्रपतिले भिटो प्रयोगसहित सैन्य र विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com