ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र युक्रेनबीच आर्थिक साझेदारी सम्झौता


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । अमेरिका र युक्रेनले आर्थिक साझेदारी सम्झौता गरेका छन् । जसमा अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच प्राप्तीसँगै युक्रेनमा लगानी कोष स्थापना सम्झौता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि दुई देश बीच स्रोतसम्बन्धी सम्झौता गर्न वार्ता भइरहेको थियो ।

केही हप्ता लामो वार्तापछि यो सम्झौता गरिएको हो । यसअघि युक्रेन अमेरिकाबीच तनाव उत्पन्न भई अमेरिकी सहायतासमेत रोकिएको थियो ।

अमेरिकी ट्रेजरी विभागले हिजो सम्झौताको घोषणा गर्दै ट्रेजरी सचिव स्कट बेसन्टले अमेरिका यो निरर्थक युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनका लागि दीर्घकालीन शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने सन्देश दिएको समेत बताउनुभएको छ ।

युक्रेनकी अर्थमन्त्री युलिया स्विरीडेन्कोले वासिङ्टनमा यो सम्झौतामा युक्रेनी सरकारको तर्फबाट हस्ताक्षर गर्नुभएको तस्वीरहरु सार्वजनिक भएका छन ।

उहाँले एक्समा आफ्नो भूभाग र समुद्री क्षेत्रमा रहेका सबै स्रोत युक्रेनकै भएको दाबी गर्नुभएको छ । भूमिगत स्रोतहरूको स्वामित्व युक्रेजसँगै रहने भन्ने सम्झौतामा स्पष्ट रूपमा उल्लेख गरिएको उहाँको भनाइ छ ।

सम्झौताको हिजो अन्तिम समयमा उत्पन्न कागजातसम्बन्धी विवादले रोकिन लागेको थियो र यो सम्झौता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरीमा वासिङ्टन भ्रमणका क्रममा गर्ने योजना थियो, तर भ्रमण ह्वाइट हाउसमा भएको विवादास्पद बैठकपछि छोट्याइएपछि सम्झौता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com