ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको आमचुनावमा ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित


एबीसी न्यूज

काठमाडौं, १६ वैशाख । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले त्यहाँको आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ ।
लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ ।
किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ ।ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार डराउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको बीबीसीले जनाएको छ ।केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन ट्रुडोको १० वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा पियर पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो ।

कर्नीको पार्टीले संसद्मा बहुमत हासिल गर्न आवश्यक पर्ने सांसद संख्या जित्नेरनजित्ने भने अन्तिम नतिजा सार्वजनिक नभएसम्म निश्चित नभएको बीबीसीले जनाएको छ ।प्रधानमन्त्री कर्नीले आफ्नो जितपछि समर्थकलाई सम्बोधन गर्दै भने, “अमेरिकाअन्तर्गत राख्न अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई फुटाउन खोज्दै छन्, तर हामी यो कहिल्यै हुन दिने छैनौँ ।”
पराजित कन्जरभेटिभ पार्टीका नेता पोइलिभ्रेले यो निर्वाचनबाट ‘कडा’ सिकाइ प्राप्त भएकोे बताए ।केही समयअघि क्यानडामा ट्रुडोलाई राजीनामा दिन लगाएर एक गैरराजनीतिक र बैंक अफ इंल्यान्डका पूर्वप्रमुख कर्नीलाई पार्टीको नेता चयन गरिएको थियो । उनको पार्टीले ट्रम्पले क्यानडाको अर्थतन्त्र मात्र नभई सम्प्रभुतालाई पनि धम्की दिएको भन्दै लगातार कडा अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com