ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक आन्दोलनमा पुगेका पूर्वप्रधानमन्त्री नेपाल र खनाल फर्काइए


एबीसी न्यूज

काठमाडौं १५ बैशाख । शिक्षक आन्दोलनमा समर्थन जनाउन प्रदर्शनस्थल पुगेका एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालविरुद्ध केही शिक्षकले नाराबाजी गरेपछि उनीहरू फर्किएका छन्।

आइतबार शिक्षकहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल, खनाल, पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरलगायत समाजवादी नेताहरू बानेश्वर पुगेका थिए। केही शिक्षकले ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसद्बाट शिक्षकका माग पूरा गर्नुस्’ भन्दै नाराबाजी गरेपछि उनीहरू फर्किएका हुन्। नेताहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भए पनि यसै फर्किएको शिक्षक महासंघका पदाधिकारीहरूले बताएका छन्।

उनीहरूले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत नेतृत्वसँग भेटेर आन्दोलनमा समर्थन रहेको र सरकारले शिक्षकका माग पूरा गर्नुपर्ने धारणा राखेका थिए।

२७ दिनदेखि शिक्षकहरू माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूको माग सम्बोधन गर्न सरकारले चाँडो कदम चाल्नुपर्ने दबाब बढ्दै गएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा पनि शिक्षकका मागबारे सत्ता पक्ष र विपक्षी सांसदहरूले आवाज उठाएका थिए। विपक्षी दलहरूले शिक्षकका मागबारे छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com