ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा


एबीसी न्यूज
बैशाख १५, २०८२ सोमबार  ११ : ३४ बजे

काठमाडौँ, १५ वैशाख। गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धी छुट्टाछुट्टै दुई मुद्दामा सोमबार पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दामा पेसी तोकिएको हो । परराष्ट्र मन्त्रालयको पत्राचारको आधारमा महान्याधिवक्ताको कार्यालयले एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न सर्वोच्चमा निवेदन पेस गरेपछि शेष घले पक्षधर राजेश शमशेर राणाले त्यसविरुद्ध रिट दायर गरेका थिए । सो मुद्दामा वैशाख १० गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले कागजात झिकाउने आदेश दिएर आजका लागि अर्को पेसी तोकिएको थियो ।

यस्तै संघको सचिवालयबाट काम गर्दै आएका डा बद्री केसीले एकताको महाधिवेशन सार्न माग गर्दै दायर गरेको अर्को मुद्दामा आइतबारमात्रै सर्वोच्चले कारण देखाऊ आदेश दिएको थियो । आज राणाको मुद्दाको पेसी भएकाले केसीको मुद्दा पनि सँगै राखेर अन्तरिम आदेश प्रयोजनका लागि सुनुवाइ हुन लागेको हो ।

सर्वोच्चले एनआरएनएको विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न परमादेश दिएपनि अहिले पनि दुई समूह छ । जसमा शेष घलेले परमादेशअनुसार एकता महाधिवेशन गराउन लाग्दा अर्को समूहका बद्री केसीले तोकिएको मितिमा सम्भव नभएको भन्दै महाधिवेशन सार्न लबिङ गर्दै अदालतसम्म पुगेका हुन् ।

केसीले सर्वोच्चको परमादेशपछि दायर अर्को मुद्दामा आफूले पनि आधिकारिकता पाएकाले आफूसँग सहकार्य बिना एकता महाधिवेशन हुन नसक्ने बताउँदै आएका छन् ।
तर, घलेले परमादेशअनुसार एकताको महाधिवेशन कुनै पनि हालतमा नरोकिने र केसीले नै असहयोग गरेको बताउँदै आएका छन् । घलेले वैशाख २० देखि २२ सम्म काठमाडौँमा एकताको महाधिवेशन तय गरेका छन् । सो महाधिवेशनका लागि दर्जनौँ एनआरएनहरू काठमाडौँ आइसकेको बेला अदालतमा मुद्दा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com