काठमाडौं १४ बैशाख । नेपाली कांग्रेसका सांसद डा। शशांक कोइरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताएका छन्।
आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले शिक्षकहरूसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने बताए।
शिक्षकका माग पूरा हुनुपर्नेमा कांग्रेस सकारात्मक रहेको नेता कोइरालाको भनाई थियो।
उनले भने, ‘शिक्षकहरुसँग वार्ता भइरहेको छ। के निर्णय हुन्छ मलाई थाहा छैन। वार्ता भइरहेको छ। यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ। हामी पोजिटिभ दृष्टिकोण राख्छौँ।’
गतको चैत्र २५ गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन्।







प्रतिक्रिया दिनुहोस्