ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरुद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास


एबीसी न्यूज
बैशाख १३, २०८२ शनिबार   ६ : ३४   बजे

काठमाडौं १३ बैशाख । नाचगान, रक्तदान, सडकमा सुत्ने लगायतका शैली अपनाएर काठमाण्डौको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरु आज भने उग्र देखिएका छन् । यस अघि प्रहरीले तोकेको ठाउँसम्म मात्रै प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज २५ औं दिनमा भने बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

शिक्षकहरु प्रहरीले लगाएको बार नाघेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले २५ दिनदेखि माइतिघर–बबरमहल सडमा प्रदर्शन गर्दै आएका छन् । सामुदायिक बिबद्यालय बन्द भएको लामो समय भएपछि सरकारले शिक्षकसँग वार्तालाई तिब्र बनाएको छ ।

आज बिहान पनि सिंहदरबारमा शिक्षा मन्त्री रघुजी पन्तसहित वार्ता भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन । अस्ति बिहिवार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ । जस अनुसार भोलिसम्ममा पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ ।

शिक्षकहरु यस पटक आफ्ना सबै माग पूरा गरेर मात्रै फर्कने अडानमा छन् । ऐन जारी गर्न अझै समय लाग्ने भएकोले सरकारले माग पूरा गर्न सकेको छैन । यसैबीच विभिन्न पालिकाहरुले तत्काल बिद्यालय खोल्न निर्देशन दिन थालेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गते अर्थात् भोलिदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य पढाई सञ्चालन गर्न सूचित गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । अरू पालिकाहरुले पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group