ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने


एबीसी न्यूज
बैशाख १३, २०८२ शनिबार   १२ : ०८   बजे

काठमाडौं १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि यो पहिलो वार्ता हो । हिजो दिउँसो मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै बेलुका शिक्षकका केही प्रतिनिधि सिंहदरबार पुगेका थिए । तर औपचारिक वार्ता र छलफल भएन ।

आजको वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम मात्रै भएको तर यो छलफल र सम्वादलाई निरन्तरता दिने बताउनुभयो ।

साथै उहाँले वार्ता ठोस निष्कर्षमा नपुग्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताउनुभएको छ । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत्र २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।

सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group