ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिबार बिहान शिक्षक र सरकारबीच निर्णायक वार्ता


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार   ७ : २७   बजे

काठमाडौं १२ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि शनिबार बिहान ७:३० बजे वार्ता हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको जनाएका हुन्।

पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ।

सिंहदरबार प्रवेश पास नदिएपछि भाँडियो शिक्षक(सरकार वार्ता

मन्त्रालयले आजको बैठक कारणवस हुन नसकेको पनि भनेको छ। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो।

शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर सिंहदरबारको गेटमा पुगे सहसचिव र डीएसपी
शिक्षक नेता सानुभाइ कार्कीका अनुसार यसअघि मन्त्रालय प्रवेश गर्ने पास देखाए प्रवेश नदिइएको र छुट्टै पास मागेपछि शिक्षकका प्रतिनिधिहरू सिंहदरबार गेटबाटै फर्किएका थिए।

मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ।

मन्त्रालयले शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ।
शिक्षक नेता कार्कीका अनुसार शनिबार बिहानको वार्ता निर्णायक हुन सक्छ। आज हामी सबैलाई भित्र सिंहदरबार जान दिइएन। जान नदिएपछि हामी आफ्नै आन्तरिक छलफलमा लाग्यौँ, कार्कीले भने, भोलि बिहान छलफलमा बस्ने भनिएको छ। सायल यो छलफल निर्णायक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group