ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानीहरूलाई तत्काल देश निकाला गर्न भारतीय गृहमन्त्रीको निर्देशन, २ आतंककारीका घर ध्वस्त


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार   ३ : ४२   बजे

काठमाडौं १२ बैशाख । भारतका गृहमन्त्री अमित शाहले शुक्रबार सबै राज्यका मुख्यमन्त्रीहरूलाई बोलाएर आफ्ना राज्यमा रहेका पाकिस्तानी नागरिकलाई देश निकाला गर्न निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाहले शुक्रबार दिउँसो सबै राज्यका मुख्यमन्त्रीहरूसँग बैठक गरी आआफ्ना राज्यमा रहेका पाकिस्तानीहरूलाई चाँडोभन्दा चाँडो आफ्नै देशमा फर्काइदिन निर्देशन दिएका हुन्।

यसैबीच जम्मु(कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको तीन दिनपछि भारतीय सेनाले ठूलो कारबाही गरेको छ।

जम्मु(कश्मीरका त्राल र अनन्तनागको बिजबेहरामा दुई लश्कर आतंककारीको घरमा सर्च अभियान सञ्चालन गर्दा विस्फोट भएको र आसिफ शेख र आदिल थोकरको घर पूर्ण रूपमा ध्वस्त भएको दैनिक भास्करले जनाएको छ।

अभियानका क्रममा सेनाले बान्दीपोरामा भएको मुठभेडमा सुरक्षा बलले एक आतंककारीलाई मारेको पनि समाचारमा उल्लेख छ। यस क्रममा दुई सैनिक घाइते भएका छन्।

अप्रिल २२ दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २६ जना मारिएका थिए। जसमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिए।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। जसले संयुक्त राष्ट्रस‌ंघलाई समेत चिन्तित बनाएको छ।

यसैबीच पाकिस्तानी रेन्जर्स अर्धसैनिक बल० ले पन्जाब सीमामा खटिएका भारतीय बीएसएफ सीमा सुरक्षा बल० जवान पूर्णमकुमार ९पीके० सावलाई नियन्त्रणमा लिएको खबर पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group