काठमाडौं ९ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि गठित सिफारिश समितिका सदस्य एवम् पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिनुभएको छ ।
गएको चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिश समिति गठन भएको थियो । समितिमा पूर्वगभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहनुभएको थियो ।
राष्ट्र बैंक ऐन अनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो । नयाँ गभर्नर नियुक्तिमा ढिलाइ भएको छ ।








प्रतिक्रिया दिनुहोस्