ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न पुटिन तयार


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको प्रारम्भिक चरणपछि पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको सङ्केत गर्नुभएको छ ।

सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै पुटिनले नागरिक पूर्वाधारविरुद्धको आक्रमण रोक्ने विषयमा युक्रेनसँग सीधै छलफल गर्न सम्भव हुनसक्ने उल्लेख गर्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया नदिएको तर नागरिकको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि वार्ताका लागि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछिका शुरुआती हप्तादेखि दुई पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन ।

यस हप्ताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिनुभएको थियो ।

ट्रम्पको यो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com