काठमाडौं ९ बैशाख । न्याय परिषद् बैठक लगातार तीन दिनदेखि बसिरहेको छ। बैठकमा केही न्यायाधीशविरुद्धका उजुरीको फाइल खोलिएको र त्यसमाथि छलफल भइरहेको परिषद्का एक सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार, आइतबारदेखि नै उजुरीबारे छलफल भइरहेको छ। उजुरीको आधारमा केही न्यायाधीशमाथि कारबाहीको तयारी गरिएको छ।
प्रधान्यायाधीश प्रकाशमानसिंह राउत अध्यक्ष रहेको न्याय परिषद्मा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्य छन्।
सर्वोच्च अदालतको काम सकेर दिनहुँ प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश मल्ल न्याय परिषद्को बैठकमा गइरहेका छन्।
प्रधान्यायाधीश राउत वैशाख ११ गते टर्की जाँदै छन्। त्यसअघि उनी केही महत्त्वपूर्ण निर्णय लिने तयारीमा छन्।








प्रतिक्रिया दिनुहोस्