काठमाडौं ७ बैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र खतरामा नभएको दाबी गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठीक नभएको बताए ।
गणतन्त्र खतरामा छैन, प्रचण्डको प्रष्टोक्ति थियो, गणतन्त्रमा हामी एक यसै पनि छौं, तेसै पनि छौं ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक पुनरागमनका सन्दर्भमा सोधिएको एक प्रश्नमा दाहालले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले उनलाई राजनितिमा फर्किन नरोक्ने जिकिर गरे । प्रचण्डले थपे,उहाँहरूलाई राजनीतिमा आउने इच्छा भयो भने रोक्ने केही पनि छैन ।








प्रतिक्रिया दिनुहोस्