ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एलिएन रजिस्ट्रेसन’ नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल


एबीसी न्यूज

काठमाडौं ३० चैत । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन एलिएन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज ९अप्रिल ११० विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्।

बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज ९अप्रिल ११० अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा पञ्जीकरण गर्नुपर्छ।’

उनले थपिन्, ‘पालना गर्न असफल हुनु जरिवाना, जेल वा दुवै सजाय हुने अपराध हो।’

क्यारोलिनले राष्ट्रपति डोनाल्ट ट्रम्पको भनाइ सम्झाउँदै भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।

यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको छ।

त्यसमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘राष्ट्रपति ट्रम्प र मेरो देशमा गैरकानुनी रूपमा प्रवेश गर्नेहरूका लागि स्पष्ट सन्देश छस् अब हाम्रो देश छाड्नुहोस्।’

प्रेस विज्ञप्तिमा अप्रिल ११ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाणबिना अमेरिकामा रहेका विदेशी नागरिकलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको छ।

दर्ता प्रमाणबिना २०२५ अप्रिल ११ वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com