ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसाईंमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान


एबीसी न्यूज
चैत्र ३०, २०८१ शनिबार  ११ : ४९ बजे

काठमाडौं ३० चैत । राजावादीले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । भारतको आसाममा बिहीबार नियन्त्रणमा लिइएका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान थालेको हो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले १२ दिनको म्याद दिएको छ ।

तीनकुने क्षेत्रमा १५ चैतमा राजावादीले गरेको प्रदर्शनका क्रममा प्रसाईंले गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका थिए । उनले भीडलाई हिंस्रक बन्न उक्साएका पनि थिए । त्यसपछि भारतको आसाम पुगेर नेपालीभाषीको घरमा बसेका प्रसाईं र उनका निजी अंगरक्षक दीपक खड्कालाई बिहीबार प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई शुक्रबार झापाको भद्रपुरबाट जहाजमार्फत काठमाडौं ल्याइएको हो । नेपाल प्रहरी प्रधान कार्यालयले भने झापाको भद्रपुरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रसाईं र खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले अनुमति दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण चिकित्सकको परामर्शमा राख्नसमेत अदालतले प्रहरीलाई आदेश दिएको छ ।

तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक बन्दा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । प्रहरी र प्रदर्शनकारी गरेर दर्जनौं मानिस घाइते भएका थिए । घाइतेमध्ये २० जनालाई प्रहरीको गोली र छर्रा लागेको थियो । तीमध्ये पाखुरामा गोली लागेका काभ्रेका रामहरि ९रिदम० श्रेष्ठको बीएन्डबी अस्पतालमा, दायाँ तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको सिभिल अस्पतालमा, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र कुहिनामा गोली लागेका शम्भु दर्जी ट्रमा अस्पतालमा उपचाररत छन् ।

राजावादीको आगजनी तथा तोडफोडबाट प्रहरीका सवारीसाधन ७, अन्य सरकारी कार्यालयका १०, संस्थानका १, निजी १८, नम्बर नखुलेका चारपांग्रे २७ र दुईपांग्रे ६ गरेर ६९ सवारीसाधनमा क्षति पुगेको थियो । प्रदर्शनकारीले व्यक्तिका घर ६, निजी संस्था २९, सरकारी कार्यालय ३, राजनीतिक दलका कार्यालय २ सहित ४० संरचनामा क्षति पुर्‍याएको प्रहरीको तथ्यांक छ ।

हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । यसबीचमा प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबुकमार्फत भिडियो सार्वजनिक गरिरहेका थिए । तर १४ दिनपछि उनी भारतमा पक्राउ परेका हुन् ।

तीनकुने घटनालाई नै लिएर काठमाडौं प्रहरीले यसअघि नै सांसद धवलशमशेर जबरा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ८२ जनालाई अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान भइरहेको छ । तीमध्ये राणा र मिश्रसहित २२ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान हुँदै छ । उनीहरूमध्ये ८ जनालाई भने हाजिर जमानीमा छाडिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com