ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिभ र रुसी राष्ट्रपति पुटिनबीच वार्ता


एबीसी न्यूज
चैत्र ३०, २०८१ शनिबार  ११ : ४२ बजे

काठमाडौं ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा उहाँका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच युक्रेनसँगको युद्ध विराम सम्झौता अघि बढाउने विषयमा चार घण्टा लामो छलफल भएको बीबीसीले जनाएको छ ।

भेट वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी पुटिन युद्ध विरामका लागि सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै पुटिनका दूत किरिल डिमिट्रिभले विटकोफ र पुटिनबीच यस वर्ष तेस्रो पटक भएको वार्ता उपलब्धि मूलक भएको बताउनुभयो ।

यसअघि युक्रेनमा पछिल्लो समय रुसले जारी राखेको युद्धका कारण हजारौं जनाको ज्यान गइरहेको भन्दै ट्रम्पले रुससँग आक्रोश पोख्नुभएको थियो ।

रुसलाई वार्ताका लागि थप दबाब दिने उद्देश्यले युरोपेली देशले पनि युक्रेनमा २४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरेका थिए ।

युरोपको रक्षा मन्त्रीले युद्ध सकिने कुनै सम्भावना नदेखेकाले युक्रेनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनु भएको खबरमा उल्लेख छ ।

अमेरिकाको मध्यस्ततामा रुस युक्रेन युद्धविरामका लागि युक्रेन तयार रहे पनि रुसले विभिन्न शर्त राखेर सम्झौता गर्न आलटाल गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com