ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा ‘सेल्टर’ नपाएपछि असाम पुगेका थिए दुर्गा प्रसाईं


एबीसी न्यूज
चैत्र २९, २०८१ शुक्रबार  ८ : ४६ बजे

काठमाडौं २९ चैत । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।

बिहीबार ९ चैत साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईं पक्राउको बचाउ गर्दै खोजी जारी रहेको जनाएको थियो ।

प्रसाईंलाई शुक्रबार ९ चैत बिहान झापाको भद्रपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।

प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो ।

त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईंसहित उनका अंगरक्षक खड्का भारत पुगेका थिए ।

चैत १५ गते रातिदेखि नै ब्युरोको टोली प्रसाईंको खोजीमा लागेको थियो । प्रसाईं चैत १५ गते ललितपुरस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । पुष्करलाई ब्युरोकै टोलीले यसअघि नै पक्राउ गरिसकेको छ । प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए ।

प्रहरी अधिकारीका अनुसार, दुर्गा प्रसाईं सुरुमा नेपालबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए । प्रयागराजमा केही दिन बसेर उनी लखनऊ पुगेको खुलेको छ । नेपाल प्रहरीको टोली आफ्नो खोजीका निम्ति लखनऊ आएको सुइँको पाएपछि प्रसाईं त्यहाँबाट समेत भागेर नयाँ दिल्ली पुगेका थिए ।

प्रहरी अधिकारीका अनुसार, दिल्लीमा उनले भारतीय हिन्दु संगठन आरएसएसका केही उच्च तहका नेताकामा आश्रय खोजेका थिए । तर, आश्रय नपाएपछि असुरक्षित ठानेर उनी भारतकै राजस्थान पुगे । त्यहाँबाट असम पुगेका हुन् ।

त्यति बेलासम्म नेपाली प्रहरीको टोली उनलाई खोज्न भारतका विभिन्न ठाउँ पुगिसकेको थियो । प्रहरी प्रधान कार्यालयले आईजीपीको सिधा सम्पर्कमा खटिने विशेष ब्युरोका प्रमुख एवं डीआईजी सिद्धिविक्रम शाहलाई त्यसनिम्ति खटाएको थियो । शाह नेतृत्वको प्रहरी टोली भारतका विभिन्न सहर पुगेको थियो ।

ब्युरोबाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत भारत पुगेको थियो । अनुसन्धान कार्यालयको टोलीको ‘कमान्ड’ एसपी अंगुर जिसीले गरेका थिए ।

अन्ततः प्रसाईं अराजक प्रदर्शन गरेको १४ दिनमा पक्राउ परेका छन् । प्रसाईंबाहेक हिंसात्मक प्रदर्शन आरोपमा यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणालाई पक्राउ गरेको छ । उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । प्रसाईंमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com