ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी बेइजिङ र दिल्लीसँग नजिक हुने कुरामा सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली


ABC News

काठमाडौं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्ने र एउटा कतैतिर ढल्किने राजनीति गर्न नहुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रो छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्छ। दुवैसँग उत्तिकै बराबरी सम्बन्ध राख्नुपर्छ। त्सकारण कोल्टिने राजनीति गर्नुहुँदैन। यतातिर ढल्किन खोजे पनि बेठिक, उतारित कोल्टिन खोजे पनि बेठिक।’

कतैतिर ढल्केको हो भन्ने प्रश्न आउने अवस्था समेत आउन दिन नहुने उनको भनाइ छ।

‘पेकिङ(बेइजिङ)को नजिक पुगिस कि क्या हो भन्यो भने होइन, नेपालमै छु भन्नुपर्छ,’ ओलीको भनाइ छ, ‘दिल्लीको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन म त काठमाडौँमै छु भन्नुपर्छ। हामी आफ्नै ठाउँमा छौं। सबैसँग मित्रता छ। शत्रुता कसैसँग छैन्।’
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए।

उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको दाबी गरे।

‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । सामन्तहरू मलाई साथ देऊ भनिराखेका छन्’, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, ‘संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्‌मा आएर संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी हो ।’ यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com