ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी बेइजिङ र दिल्लीसँग नजिक हुने कुरामा सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली


एबीसी न्यूज
चैत्र २५, २०८१ सोमबार   ५ : ०२   बजे

काठमाडौं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्ने र एउटा कतैतिर ढल्किने राजनीति गर्न नहुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रो छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्छ। दुवैसँग उत्तिकै बराबरी सम्बन्ध राख्नुपर्छ। त्सकारण कोल्टिने राजनीति गर्नुहुँदैन। यतातिर ढल्किन खोजे पनि बेठिक, उतारित कोल्टिन खोजे पनि बेठिक।’

कतैतिर ढल्केको हो भन्ने प्रश्न आउने अवस्था समेत आउन दिन नहुने उनको भनाइ छ।

‘पेकिङ(बेइजिङ)को नजिक पुगिस कि क्या हो भन्यो भने होइन, नेपालमै छु भन्नुपर्छ,’ ओलीको भनाइ छ, ‘दिल्लीको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन म त काठमाडौँमै छु भन्नुपर्छ। हामी आफ्नै ठाउँमा छौं। सबैसँग मित्रता छ। शत्रुता कसैसँग छैन्।’
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए।

उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको दाबी गरे।

‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । सामन्तहरू मलाई साथ देऊ भनिराखेका छन्’, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, ‘संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्‌मा आएर संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी हो ।’ यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group